बढ्यो नेप्से
१७ पुस काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ५.१० अंकले बढेर २ हजार ५ सय ८१ दशमलव ६० विन्दुमा बन्द भएको हो ।नेप्सेका अनुसार आज ३ अर्ब ५९ करोड ७४ लाख रूपैयाँको कारोबार भएको छ । आजको कारोबारमा १५० कम्पनीको शेयरमूल्य बढ्दा ८८ को घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आजको कारोबारमा पाँच कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । त्रिशूली जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९३ प्रतिशतले बढेको छ । यसका साथै आज सुपर मादी हाइड्रोपावर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।