बैंकहरूको खराब कर्जा ४.४२ प्रतिशत


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस २० २०८१
2.1K
SHARES

२० पुस काठमाडौ । औसतमा वाणिज्य बैंकहरूको खराब कर्जा ४.४२ प्रतिशत पुगेको छ । यो अझै थपिने अवस्था देखिएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बैंकको सम्पत्ति ऋणको धितो नै ८० प्रतिशत रहेको बताए। उनले बैंकको आम्दानी स्रोत एकै किसिमको मात्रै रहेको बताए। उनले बैंकको आम्दानी स्रोत सीमित हुँदा नाफामा दबाव देखिएको बताए।

उनले २०४० सालमा निजी क्षेत्र प्रवेश गरेसँगै ४० अर्ब निक्षेपको आकार ८ प्रतिशत कर्जामा देखिएको उल्लेख गरे। उनले बैंकबाट कर्जा लिनेहरू अलि बढी जिम्मेवार हुनुपर्ने अवस्था देखिएको उल्लेख गरे। नेपाल बैंकर्स संघका अध्यक्ष सुरेन्द्र रेग्मीले पछिल्लो समय बैंकहरूको खराब कर्जा बढेको बताए। उनले बैंकविरुद्ध विभिन्न खालका नकारात्मक गतिविधि हुने गरेको बताए।

उनले देशमा बैंक तथा वित्तीय संस्थाको विकास हुन नसके मुलुकको आर्थिक विकास हुन नसक्ने उल्लेख गरे। उनले बैंकहरूले जनताको पैसा लगानी गरेकाले बैंकमा फिर्ता आउन सकेन भने अप्ठ्यारो अवस्था आउने बताए।