गार्डियन माइक्रो लाइफको आईपीओमा आजदेखि आवेदन दिन सकिने


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २१ २०८१
2K
SHARES

२१ पुस काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ)मा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले सर्वसाधारण सेयरधनीलाई निष्कासन गरेको १८ लाख ४५ हजार कित्ता आईपीओमा आवेदन दिन सकिनेछ ।आवेदकले प्रतिकित्ता १०० अंकित मूल्यमा १० कित्तादेखि एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन अनुमति पाएको थियो ।  सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड छ।

कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको फ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।