कर्जा प्रवाहमा वृद्धि


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २२ २०८१
2.8K
SHARES

२२ पुस काठमाडौं । कर्जा प्रवाहमा सामान्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको यहि पुस १८ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ६६ खर्ब ७५ अर्ब निक्षेप संकलन भएको छ ।

पुस १७ गते ५९ खर्ब ४१ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले १८ गते ५९ खर्ब ३७ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तै १७ गते ५३ खर्ब ६२ अर्ब कर्जा प्रवाह भएकोमा १८ गते ५३ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यस्तै पुस १७ गते ४७ खर्ब ५० अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले १८ गते ४७ खर्ब ५२ अर्ब कर्जा प्रवाह गरेका छन्। यस्तै सीडी रेसियो ७९ दशमलव ०६ प्रतिशत रहेको छ भने अन्तर बैंक ब्याजदर ३ प्रतिशत छ ।