बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस २५ २०८१
2.6K
SHARES

२५ पुस काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ उकालो लागेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ८४० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँमा किनबेच भएको थियो।