बैंकहरुमा साढे २ अर्ब लगानी गर्दै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २८ २०८१
1.4K
SHARES

२८ पुस काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा साढे २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ५५ करोड रुपैयाँ बैंकहरुमा लगानी गर्ने भएको हो। जसअनुसार राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३८ करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १२ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राखिने जनाएको छ।

राष्ट्र बैंकले मुद्दति निक्षेपमा रुपमा रकम राख्ने चाहिने बैंकलाई ब्याजदर प्रस्ताव आह्वान गरेको छ। इच्छुक बैंकहरुले माघ २ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न सक्नेछन्।यो मुद्दति निक्षेपको लगानी २०८१ माघ ६ गतेदेखि २०८२ माघ ६ गतेसम्म ३६६ दिनको हुन राष्ट्र बैंकले जनाएको छ।