‘होस्टेल–३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, माघ ४ २०८१
2.3K
SHARES
४ माघ काठमाडौं । चलचित्र ‘होस्टेल–३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । गीतमा अलमोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर छ । अलमोडासँगै सन्तोष राणाको र्याप छ ।
सार्वजनिक गीतमा चलचित्रका प्रमुख कलाकारहरू फिचर्ड छन् । गीत कलेज जीवनका उतारचढावलाई समेटेको छ । पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुली फिचर्ड छन् । ‘होस्टेल–३’ निर्देशन सशान कँडेलले गरेका छन् । कथा पनि निर्देशक कँडेलकै हो । यो चलचित्र फागुन २३ गते रिलिज हुँदै छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट