उपकुलपतिका लागि पुनः आवेदन आह्वान गरिँदै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १८ २०८१
2.5K
SHARES

१८ माघ काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि डाक्टरहरूले पनि आवेदन दिन पाउने गरी पुनः आवेदन आह्वान गरिने भएको छ । सिफारिस समितिको बिहीबार बसेको बैठकले कार्यविधि परिमार्जन गर्ने निर्णय गरेको विश्वविद्यालय स्रोतले बताएको छ ।यसअघि कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएको थियो । यो प्रावधानमा मेडिकलको ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस नसमेटिएको डाक्टरहरूको गुनासो थियो ।

डाक्टरहरूले उजुरी गरेपछि विश्वविद्यालयको यसअघिको सिनेटमा कुलपति समेत रहेका प्रधानमन्त्रीले कार्यविधि परिमार्जन गर्न निर्देशन दिएका थिए । सोहीअनुसार सिफारिस समितिले केयु उपकुलपतिको लागि डाक्टरहरूलाई पनि समेट्ने गरि नयाँ आह्वान गर्न लागेको हो ।

‘आवेदन दिएका पुरानोलाई यथावत राखेर नयाँ थप रिकल गर्ने निर्णय भएको छ । सम्भावत आज आह्वान होला,’ विश्वविद्यालय स्रोतले भन्यो ।अहिले कामु उपकुलपतिको रूपमा प्रा. डा. अच्युत वाग्ले रहेका छन् ।