‘रात किन हुन्छ हजुर’ सार्वजनिक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०८१
4.5K
SHARES

१ चैत काठमाडौं । चलचित्र ‘अञ्जिला’को मर्मस्पर्शी गीत ‘रात किन हुन्छ हजुर’ सार्वजनिक भएको छ । बिहीबारदेखि प्रदर्शनमा आएको ‘अञ्जिला’को गीत आज युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा दुःख, पीडा र बेदना पोख्ने शब्द छन् । गीतले चलचित्रकी प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवनकाथाका केही अंश बोल्छ । गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर छ । थानेश्वरको संगीत र प्रभा बर्तौलाको शब्दरचना छ ।

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । चलचित्रमा एन्जिलासँगै सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।