कक्षा १२ को नयाँ रुटिन सार्वजनिक


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १० २०८२
2.7K
SHARES

१० वैशाख काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

बोर्डले भर्खरै नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।