अमितको ‘मायाको आभाष’ सार्वजनिक


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १६ २०८२
2.3K
SHARES

१६ वैशाख काठमाडौं । गायक अमित प्रधानको आवाज रहेको नयाँ गीत ‘मायाको आभाष’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्दरचना र संगीत पनि गायक प्रधान कै छ ।

हिमाल थापाले निर्देशन गरेको म्युजिक भिडियोमा व्हेर्‍री केसी र अमित प्रधानको अभिनय रहेको छ । सार्वजनिक गीत ‘मायाको आभाष’लाई म्युजिक नेपालले निर्माण र बजार व्यवस्थापन गरेको छ । गीतको भोकल रेकर्डिङ अस्ट्रेलियाको मेलबर्नमा सन्देश श्रेष्ठले गरेका छन् ।  भिडियोको सम्पादन र रङ् संयोजन हिमाल थापाले नै गरेका छन् । भिडियोमा डीओपी रेयवट श्रेष्ठको छ ।