‘आँख सन्काइ सन्काइ’ बोलको गीत सार्वजनिक
२९ असार काठमाडौं । लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका श्रीराम पौडेल र चर्चित गायिका पुर्णकला बि.सीको स्वरमा ‘आँख सन्काइ सन्काइ’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार बिहान युट्युबमा रिलिज गीतको भिडिओमा गायक पौडेल स्वयंका साथमा मोडल सारीका के.सीले अभिनय तथा नृत्य गरेकी छन् ।
गीत सार्वजनिक गर्दै गायक तथा मोडल पौडेलले भने, “आजको गतिशिलताले भोलिको भविष्य निर्माण गर्छ। त्यसैले गतिशिल जीवन जिउनुपर्छ भन्ने लाग्छ। अर्को क्षेत्रमा काम गरिरहँदा सांगीतिक क्षेत्रमा पनि केही गरौं भन्ने सोचले गीत संगीतको क्षेत्रमा काम गरेको हुँ।”’आँख सन्काइ सन्का’ को भिडिओ निर्देशन स्मृति तिमल्सिना (गुरुआमा) ले गरेकी हुन् ।