वायुसेवा निगमद्वारा ५३ करोड ऋण भुक्तानी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २ २०८२
1.5K
SHARES

२ साउन काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको असारसम्मको किस्ता तिरेको छ ।निगमले जहाजखरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक किस्ता तिरेको हो । असार ३२ गते ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको छ ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि निगमले जहाज खरिद सम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असार मसान्तसम्मको अवधिमा कुल ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३७६ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको जनाएको छ ।