दोलखामा भूकम्पको धक्का


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १७ २०८२
1.6K
SHARES

१७ भदौ काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार (भदौ १७) दिउँसो ३ बजेर १३ मिनेटमा धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

दोलखाको लापिलाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि आज बिहान गोरखाको हंशपुर केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।