नेता, अभियन्ता बाठो नबन्नु होला – बालेन


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २२ २०८२
1.4K
SHARES

२२ भदौ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई समर्थन गरेका छन् ।जेनजीले सोमबार (भदौ २३) बिहान काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन आयोजना गरेका छन् । नेपालमा सामाजिक सञ्जाल निष्क्रिय पारिएको विरोधमा प्रदर्शन आयोजना गरिएको हो ।

आइतबार (भदौ २२) सामाजिक सञ्जालमा मेयर बालेनले आफूलाई जेनजीको इच्छा, उद्देश्य, सोच बुझ्न मन लागेको उल्लेख गरेका छन् । जेनजीले स्वस्फूर्त रूपमा र्‍याली आयोजना गरेको उनको भनाइ छ ।

जेनजीको प्रदर्शनमा स्वार्थपूर्ण रूपमा अरू व्यक्तिको सहभागिता हुन नहुनेमा उनले जोड दिएका छन् । “…भोलि यो स्वतःस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला,” उनले फेसबुकमा लेखेका छन्, “म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ । मेरो भरपुर समर्थन छ ।”