संसद् भवनको पूर्वी गेटमा जेनजी प्रदर्शनकारीले गरे आगजनी


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २३ २०८२
1.3K
SHARES

२३ भदौ काठमाडौं । संघीय संसद् भवन बानेश्वरको पूर्वी गेटमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रहरीको अवरोधका बीच प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फयु आदेश जारी गरे पनि प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन । ठूलो संख्यामा रहेका प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् ।