सुदन गुरुङ्गमाथि हमला
२९ भदौ काठमाडौं । काठमाण्डौको पुतलीसडकस्थित ऋषि धमलाको रिपोर्टर्स क्लबमा भदौ २३ गते मारिएका २-३ जनाको परिवारका सदस्यहरुसहित पत्रकार सम्मेलन गरिरहेका हामी नेपालका नेता सुदन गुरुङमाथि भर्खरै हमला भएको छ । उध्दारका निम्ति प्रहरी पुगेको छ।
आफू र आफ्नो संस्था “हामी नेपाल”माथि लागेको आरोपबारे स्पष्टिकरण दिन सुजन गुरुङले पत्रकार सम्मेलन आयोजना गरेका थिए । गुरुङले उत्तेजित धारणा राखेपछि मुठभेडको अवस्था आएको बताइन्छ ।
उपस्थित केहीले सुदनमाथि हमलाको प्रयास गरेका थिए भने फेसबुक लाइभमा उनीमाथि नानाथरी आरोप लागेको छ । अवस्था जटिल बनेपछि प्रहरी त्यहाँ पुगेको छ ।सुदनले आफूलाई तिब्बती स्वतन्त्रता पक्षधर र भारतीय नागरिक भनी लागेको आक्षेपको स्पष्टिकरण दिन रिपोर्टर्स क्लब रोजेका हुन् ।