विपीन जोशी जीवित छैनन् – इजरायली सेना


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २७ २०८२
1.8K
SHARES

२७ असोज काठमाडौं । इजरायली सेनाले नेपालका विपीन जोशी जीवित नरहेको बताएको छ । इजरायली सेनाले इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र विपीनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत विपीन जीवित नरहेको जानकारी गराएको हो ।

“इजरायली सेनाले विपीन जीवित नरहेको जानकारी हामीलाई दियो । उनको शव पनि रहे/नरहेको यकिन छैन,” राजदूत पण्डितले  भने, “जीवित बन्धकलाई अबको दुई–तीन घण्टामा छाडिसक्ने कुरा छ । त्यसपछि आज बेलुकीसम्म केही मृतकको शव हमासले बुझाउने जानकारी प्राप्त भएको छ ।”

बाँकी शवको संयुक्त टास्क फोर्सले आगामी दिनमा खोजी गर्ने उनको भनाइ छ ।’लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका विपीनलाई हमासले २०२३ अक्टोबर ७ मा बन्धक बनाएको थियो ।