अमेरिका र जापानबीच दुई नयाँ सम्झौतामा हस्ताक्षर


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८२
1.9K
SHARES

११ कात्तिक काठमाडौं । अमेरिका र जापानले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सनेई तकाइचीले दुईवटा नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् ।दुई देशबीच हस्ताक्षरित एउटा सम्झौताले अमेरिका-जापान सम्बन्धको नयाँ ‘गोल्डन एज’ को सुरूवातलाई दर्शाउँछ भने दोस्रो सम्झौता महत्वपूर्ण खनिजसँग सम्बन्धित रहेको छ ।

‘पहिलो सम्झौता लामो समयदेखि सहयोगी रहेका दुवै देशबीचको साझेदारीलाई अझै मजबुत गर्नेमा केन्द्रित छ’, बीबीसीमा प्रकाशित समाचारमा भनिएको छ, ‘अर्को महत्वपूर्ण खनिजको सम्झौता दुर्लभ खनिज (रेयर अथ्र्स) को आपूर्ति सुनिश्चित गर्नका लागि एउटा ढाँचा प्रदान गर्दछ ।’ सम्झौतामा हस्ताक्षर पछि राष्ट्रपति ट्रम्पले जापानको सराहना गर्दै अमेरिकाको मजबुत सहयोगीको रूपमा चित्रित गरे । उनले जापानकी पहिलो महिला प्रधानमन्त्री तकाइचीको पनि प्रशंसा गरे ।