राष्ट्रपति भवन तोडफोड र आगजनी गर्ने तीनजना विरुद्ध मुद्दा दर्ता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८२
1.3K
SHARES

१४ कात्तिक काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड  र लुटपाट गर्ने तीनजना विरुद्ध मुद्दा दर्ता भएको छ । बैतडीका १९ वर्षीय दीपक बोहरा सोही स्थानका विशाल सिंह कार्की  र बझाङका हेमन्त बोहराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।

उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएको हो । जेनजी प्रदर्शनका क्रममा अराजक गतिविधि तथा आगजनी गर्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गर्दै आएको छ । पक्राउ परेकाहरुमध्ये काठमाडौं जिल्ला अदालतले ६ जना तथा जिल्ला अदालत ललितपुरले २ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।