प्रचण्ड , नेपाल र नारायणकाजी बीच भेटवार्ता हुदै


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १७ २०८२
3.7K
SHARES

१७ कार्तिक काठमाडौं । एकताको सहमतिपछि नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथ लिएर पार्टी कार्यालय आलोकनगर पुगेका हुन्।

माओवादी र नेकपा एससहित ८ पार्टीबीच एकता सहमति भइसकेको छ। एकीकृत पार्टीको चुनाव चिह्न भने ‘पाँचकुने तारा’ राख्ने सहमति भइसकेको छ। यद्यपि, नामबारे अझै निष्कर्षमा पुगेका छैनन्।

पार्टी एकताको निर्णयसँग एकीकृत समाजवादी विभाजित भइसकेको छ, भने नेकपा माओवादी पनि फुटको संघारमा छ।भेटमा एकता सभादेखि आगामी रणनीतिबारे छलफल भएको जनाइएको छ। एकीकृत पार्टीको संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाल बन्ने सहमति छ।