सबै कुरा बदलियो – महासचिव भुसाल


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८२
1.5K
SHARES

१९ कार्तिक काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले समाज नयाँ हिसाबले पुनर्गठित भए पनि पुराना पार्टीको नेतृत्व बदलिन नसकेको बताएका छन् ।

माओवादी केन्द्रसँगको एकतामा नजाने घोषाणापछि पत्रकार सम्मेलन गर्दै उनले ठूला पार्टीहरूको नेतृत्व बदलिन नसकेको बताए ।“सबै चिज बदलियो । तर, पुराना पार्टीको नेतृत्व सधैँ त्यहीँ रहनुपर्ने,” उनले भने ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली अहिले पनि पार्टीको बहुमतमा रहेको बताए ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि लामो समयदेखि नेतृत्वमा रहेको उनको भनाइ छ ।

उनले माधव नेपाललाई मुद्दा लागेपछि पार्टीमा आफ्नो हैसियत पुनर्विचार गर्नुभन्दा बहुमतले अस्वीकार गरेको सुनाए ।“पार्टी नेतृत्व जब गलत हुन्छ । त्यसले पार्टी कब्जा गर्दो रहेछ । पार्टी नै राज्य दोहनमा संलग्न भएपछि यस्तै हुन्छ, सारा कुराले घुँडा टेकेको,” उनले भने ।