एक नम्बर पार्टी त भयो भयो – प्रचण्ड
१९ कार्तिक काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने जिकिर गरेका छन् । बुधबार १० घटकबीचको एकता राष्ट्रिय सम्मेलनमा प्रचण्डले एक नम्बरको पार्टी भएको दाबी गरे ।
“नेपालमा एक नम्बरको पार्टी बन्न कसैले रोक्न सक्दैन । यो एक नम्बर पार्टी त भयो भयो अब,” प्रचण्डको जिकिर छ ।
उनले एकताप्रति कसैलाई टाउको दुखेको हुन सक्ने बताए । “कसैलाई टाउको दुखेको पनि हुन सक्छ । कतिपय प्रतिक्रियावादीलाई त राति निन्द्रा नलाग्ने पनि होला । नलागे नलागोस् तिनीहरूलाई,” उनले भने ।उनले देशभर एकता घोषणासभा र अभियान लिएर जाने बताए ।