आज काठमाडौँमा विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले जनप्रदर्शन गर्ने


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०८२
2K
SHARES

२० कात्तिक काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्दैछ। बिहीबार दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डमा सभा राखिएको सो पार्टीले जनाएको छ।  सभाअघि सुन्धाराबाट जुलुश प्रदर्शन सुरु गर्ने तयारी छ। सभालाई महासचिव विप्लवसहितका नेताले सम्बोधन गर्ने छन्।

उक्त पार्टीले काठमाडौँ उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताले उतारेर राजधानीमा सभा गर्न लागेको हो। सभामा १० हजार भन्दा धेरै सहभागी हुने दाबी सो पार्टीका नेताहरूले गरेका छन्।  उक्त पार्टीबाट चिरन पुन नेतृत्वको समूहले केही दिनअघि मात्रै विद्रोह गरेको थियो।

पुन नेतृत्वको समूह माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० वाम घटकसँग एिकीकरणमा सहभागी भएको छ। १० वाम घटकले हिजो मात्रै एकता गरेर नेपाली कम्युनिस्ट पार्टीको घोषणा गरेका छन्।विप्लवले केही दिनअघि मात्रै निर्वाचनमा आयोगमा आफ्नो दल दर्ता गरेका छन्। उनको पार्टीको नाम कम्युनिष्ट पार्टी नेपाल राखिएको छ।