सबै दल र बालेनलाई ठेगान लगाउँछु – दुर्गा प्रसाईं


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०८२
1.9K
SHARES

२३ कात्तिक काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार (कात्तिक २३) बिहान मनोहरा सुकुम्वासी बस्तीमा पुगेका छन् । त्यहाँ भेला भएका स्थानीयलाई उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन आह्वान समेत गरे ।

बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन दुई करोड रुपैयाँ लिएको उनले आरोप लगाए । दलहरूले सुकुम्वासीलाई ‘भोट बैंक’ मात्र बनाएको उनले बताए । उनले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए । सबै दल र बालेनलाई आफूले ठेगान लगाउने उनको चेतावनी थियो ।

सुकुम्वासी बस्ती खाली गर्न महानगरले दिएको एक साताको ‘अल्टिमेटम’ आज सकिँदै छ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ ।