सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि चलायमान हुँदैन – अध्यक्ष ढकाल


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस १९ २०८२
2.3K
SHARES

१९ पुस चितवन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप चलायमान नहुने बताएका छन् ।शनिबार चितवनमा आयोजित उद्योग बाणिज्य सघ चितवनको ५९ औं साधारण सभामा ढकालले अझै पनि उद्योग व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण राम्रो नभएको भन्दै सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप चलायमान नहुने बताएका हुन् ।

जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि निकै ठूलो आक्रमण भएकाले त्यसमा संलग्नलाई कारवाहीको दायरामा नल्याएसम्म आगामी दिनमा यस्ता घटना घट्न सक्ने उनले बताए।अध्यक्ष ढकालले निजी क्षेत्रको उद्योग प्रतिष्ठानमा आक्रमण हुन नदिने प्रतिवद्धता प्रधानमन्त्री सुशीला कार्कीले जनाएकाले यस क्षेत्रलाई आवश्यक सुरक्षा दिने काम सरकारले गर्ने विश्वास व्यक्त गरे ।