भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस १९ २०८२
2.9K
SHARES

१९ पुस काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई  अमेरिकाले नियन्त्रणमा लिएकाे छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरो  र उनकी पत्नीलाई पक्राउ गरी अमेरिकाको कब्जामा राखेकाे दाबी गरेका छन्।

सामाजिक सञ्जाल “ट्रुथ सोशल” मा पोस्ट गर्दै  ट्रम्पले भनेका छन्,‘ ‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता, राष्ट्रपति निकोलस मदुरो विरुद्ध ठूलो मात्रामा हमला सफलतापूर्वक गरेको छ, जसलाई उनकी श्रीमतीसहित पक्राउ गरी देशबाट निकालिएको छ।’

सन् १९८९ मा सैन्य नेता म्यानुएल नोरिएगालाई पदच्युत गर्न पानामामा आक्रमण गरेपछि अमेरिकाले ल्याटिन अमेरिकी क्षेत्रमा त्यस्तो प्रत्यक्ष हस्तक्षेप गरेको थिएन ।त्यस्तै राष्ट्रपति ट्रम्पले भेनेजुएलामा अमेरिकाले ठूलो सैन्य आक्रमण गरेको दाबी गरेका छन् ।

शनिवार बिहान भेनेजुएलाको राजधानी काराकास र अन्य प्रमुख सैन्य स्थलमा विस्फोटका ध्वनि सुनिएको र धुवाँ उठेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। मादुरो नेतृत्वको सरकारले अमेरिकालाई सैन्य आक्रमण भन्दै निन्दा गरेको छ भने राष्ट्रिय आपतकाल घोषणा गरेको छ।

अमेरिकाले मादुरोलाई नार्को-राज्यु चलाएको र चुनावमा धाँधली गरेको आरोप लगाएको छ । सन् २०१३ मा ह्युगो चाभेजलाई उत्तराधिकारी बनाएर सत्तामा आएका भेनेजुएलाका नेताले वासिङ्टनले विश्वको सबैभन्दा ठूलो तेल भण्डार आफ्नो नियन्त्रणमा लिन चाहेको बताएका छन् ।