घट्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २० २०८२
1.6K
SHARES

२० पुस काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २१ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६२ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ४५ सय २५ रुपैयाँमा कारोबार भएको थियो।