सार्वजनिक ऋण करिब २८ खर्ब नजिक


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २० २०८२
1.7K
SHARES

२० पुस काठमाडौं ।चालु आर्थिक वर्षको पाँच महिनामा मुलुकको सार्वजनिक ऋण करिब १ खर्ब रुपैयाँले बढेर कुल करिब २८ खर्ब रुपैयाँ पुगेको छ। ऋण वृद्धि भएपछि प्रत्येक नेपालीमाथि थप भार परेको छ। चालु खर्च धान्न पनि राजस्व पर्याप्त नभएपछि विकास निर्माणका लागि थप ऋण लिनुपर्ने अवस्था निरन्तर बढिरहेको देखिन्छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिर मसान्तसम्म करिब १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ ऋण थपिएको छ। यस अनुसार, कुल सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। ऋणमा आन्तरिक हिस्सा १३ खर्ब १ अर्ब ६३ करोड र बाह्य हिस्सा १४ खर्ब ८६ अर्ब ९० करोड रुपैयाँ रहेको छ