सामान्य अंकले बढ्यो नेप्से


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २९ २०८२
1.6K
SHARES

२९ पुस काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार (पुस २९) ४.९० अंक बढेको हो । यससँगै बजार २६३९.९१ विन्दु कायम छ ।सामान्य अंकले बढेको बजारमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ । १३४ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको स्थिर रह्यो ।सेयर बजारमा ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ३६ लाख २४ हजार कित्ता सेयर ७७ हजार १७ पटक किनबेच भयो ।

थ्री स्टार हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । दोर्दी खोला जलविद्युत्, सुपर मादी हाइड्रो, एनआइएमबी डिबेन्चर, स्ट्यान्डर्ड चार्टड डिबेन्चर लगायतका कम्पनी धेरै कमाउने शीर्ष स्थानमा रहे ।

रसुवागढी हाइड्रो, नारायाणी विकास बैंक, विन नेपाल लघुवित्त, बुंगल हाइड्रो, बन्दीपुर केवलकारलगायतका कम्पनी उच्च गुमाउने शीर्ष स्थानमा रहे ।समूहगत सूचकतर्फ बैंकिङ, फाइनान्स, होटेल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स सूचक घटेका छन् । बाँकी समुहसूचक भने बढेका छन् ।