नेपाल–बंगलादेश आठौँ वाणिज्य सचिवस्तरीय बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १ २०८२
1.6K
SHARES

१ माघ काठमाडौं । नेपाल र बंगलादेशबीचको आठौं वाणिज्य सचिवस्तरीय बैठक ढाकामा सम्पन्न भएको छ । जनवरी १३ र १४ मा सम्पन्न बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए भने बंगलादेश सरकारको वाणिज्य मन्त्रालयका सचिव महबुबुर रहमानले बंगलादेशी पक्षको नेतृत्व गरेका थिए ।

बैठकले सन् २०२४ अप्रिलमा काठमाडौंमा सम्पन्न सातौं वाणिज्य सचिवस्तरीय बैठकपछि भएको प्रगतिबारे समीक्षा गरेकाे थियाे । सो अवसरमा सचिव डा. घिमिरेले अन्य शुल्क तथा शुल्कहरुसहित व्यापारसम्बन्धी अवरोधहरू घटाई द्विपक्षीय व्यापार विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले आसन्न अल्पविकसित देश (LDC) स्तरवृद्धिको सन्दर्भमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा हित प्रवर्द्धन गर्न नजिकको सहकार्य आवश्यक रहेको कुरामा पनि जोड दिए ।

बंगलादेशका सचिव रहमानले व्यापार तथा लगानी, कनेक्टिभिटी र पर्यटन क्षेत्रमा सहकार्यमार्फत आर्थिक साझेदारीलाई गहिरो बनाउँदै लैजानुपर्ने आवश्यकतालाई जाेड दिए । उनले यातायात पूर्वाधार स्तरोन्नति, भन्सार प्रक्रिया सरलीकरण तथा व्यापार सहजीकरण सुदृढ गरी द्विपक्षीय आर्थिक सहकार्यका नयाँ अवसरहरू खोल्न बंगलादेश प्रतिबद्ध रहेको दाेहाेर्‍याए ।

दुवै पक्षले प्राथमिक व्यापार सम्झौताको मस्यौदा, उत्पत्तिका नियम तथा वस्तु सूचीसम्बन्धी वार्तालाई तीव्रता दिन आगामी तीन महिनाभित्र व्यापार वार्ता समितिको बैठक बोलाउने सहमति जनाएका छन् । साथै, भन्सार प्रक्रिया समन्वय, सीमा-पार भुक्तानी सहजीकरण तथा व्यापक गैर-भन्सार अवरोधहरू समाधान गर्दै व्यापार र लगानीमा अझ मजबुत साझेदारी विकास गर्न नजिकबाट सहकार्य गर्ने सहमति भएकाे छ ।

दुई देशबीचका लगानी सम्बन्धको समीक्षा गर्दै दुवै देशले विशेष गरी नेपालमा जलविद्युत् विकास र वस्तु तथा सेवाको मूल्य शृंखला विकासमा संयुक्त लगानीको महत्वमा जोड दिएका थिए । साथै, संयुक्त कार्ययोजना निर्माण र नियमित आदानप्रदानमार्फत पर्यटन सहकार्य प्रवर्द्धन गर्ने सहमति भएकाे छ ।

बैठकको सहमतिपत्रमा दुई देशका वाणिज्य सचिवहरूले हस्ताक्षर गरेका छन् । नेपाली प्रतिनिधिमण्डलमा वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय तथा ढाकास्थित नेपाली दूतावासका अधिकारीहरू सहभागी थिए भने बंगलादेशी प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए।

नेपाली प्रतिनिधिमण्डलमा वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय तथा ढाकास्थित नेपाली दूतावासका अधिकारीहरू सहभागी थिए भने बंगलादेशी प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए।

नेपाली प्रतिनिधिमण्डलमा वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय र ढाकास्थित नेपाली दूतावासका अधिकारीहरू थिए भने बंगलादेशको प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू थिए। नवौं वाणिज्य सचिवस्तरीय बैठक आपसी सहमतिमा तय हुने मितिमा काठमाडौंमा आयोजना हुनेछ।