आज बढ्यो सुन चाँदीको भाउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ २ २०८२
1.5K
SHARES

२ माघ काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको भाउ तोलामा २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १६० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा ५ हजार ६४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ४८५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।