सिरियामा अमेरिकाको आक्रमण


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ ४ २०८२
1.9K
SHARES

४ माघ काठमाडौं । अमेरिकाले सिरियामा अर्को एक जवाफी आक्रमण गरेको छ । उत्तर–पश्चिम सिरियामा गरिएको आक्रमणमा एक आतंकवादी नेता मारिएका अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ ।सेन्ट्रल कमान्डका अनुसार, हवाई हमलामा मारिनेमा बिलाल हसन अल–जसिम छन् । ती नेता गएको महिना दुई अमेरिकी सैनिक र एक दोभासे मारिएको इस्लामिक स्टेटको आक्रमणमा संलग्न थिए ।

अमेरिकी अधिकारीका अनुसार, उनी एक अनुभवी आतंकवादी ‘अपरेटिभ’ थिए । र, डिसेम्बर १३ को आक्रमणमा प्रत्यक्ष रूपमा जोडिएका थिए ।उक्त आक्रमणमा अमेरिकी सेनाका सार्जेन्ट एडगर ब्रायन टोरेस–टोभर, सार्जेन्ट विलियम नथानियल हवार्ड र एक दोभासे अयाद मन्सुर साकतको मृत्यु भएको थियो ।