उत्तर कोरियामा किम जोङ उन फेरि सर्वसम्मत
११ फागुन काठमाडौ । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टी अफ कोरियाले किम जोङ उनलाई पुनः महासचिवमा सर्वसम्मत चयन गरेको छ । सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार राजधानी पोङ्याङमा भएको पार्टी महाधिवेशनबाट किमलाई पुनः उक्त पदमा चयन गरिएको हो ।
सन् २०११ मा पिता किम जोङ इलको निधनपछि सत्तामा आएका किमले आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई विशेष प्राथमिकतामा राख्दै आएका छन् । यस पटकको अधिवेशनमा विदेश नीति,अर्थतन्त्र र सुरक्षा रणनीतिसम्बन्धी महत्वपूर्ण निर्णय लिइएको बताइन्छ ।