इरानमा इजरायलको हवाई हमला


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १६ २०८२
2.6K
SHARES

१६ फागुन काठमाडौं । इजरायलले इरानविरुद्ध आक्रमण सुरु गरेको छ । आज बिहानदेखि इजरायलले इरानको विभिन्न शहरमा हवाई आक्रमण सुरु गरेको हो ।

इरानमाथि भएको आक्रमणमा अमेरिकाले इजरायललाई साथ दिएको अमेरिकी र इजरायली मिडियालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । इरायलले उक्त हमलालाई पूर्वसतर्कताका रूपमा गरिएको हमला बताएको छ।

इजरायलका रक्षा मन्त्री इसराइल कात्सले विज्ञप्ति जारी गर्दै इजरायलभर ‘विशेष र स्थायी आपतकालीन अवस्था’ घोषणा गरेका छन्।

इरानी समाचार एजेन्सी  फार्सले तेहरानको डाउनटाउन क्षेत्रमा धेरै विस्फोटको आवाज सुनिएको जनाएको छ। प्रारम्भिक विवरणअनुसार धेरै मिसाइलहरू दानेशगाह स्ट्रीट र जम्हूरी क्षेत्रमा खसेका छन्।

त्यस्तै, विभिन्न इरानी समाचार एजेन्सीहरूले देशका अन्य सहरहरूमा पनि विस्फोटको आवाज सुनिएको पुष्टि गरेका छन्। तेहरानबाहेक करमानशाह, क़ोम, लोरेस्तान, कराज र तबरीज़मा पनि विस्फोट भएको जनाइएको छ।