घुँडामुनि रबरको गोली चलाउने मौखिक आदेश दिएको हो – तत्कालीन सीडीओ
११ चैत काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भदौ २३ गते घुँडाभन्दा तल मात्रै रबरको गोली चलाउन आदेश दिएको बयान दिएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वलाई दिएको बयानमा उनले यस्तो बताएका हुन् ।
प्रतिवेदनमा भनिएको छ– मैले घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउने मौखिक आदेश दिएको भए पनि अन्तिम बल अर्थात् सिधै गोली चलाउने आदेश दिएको थिएन । तर सोही तनावपूर्ण अवस्थामा प्रहरीको रेडियो सेटबाट पहिले प्रहरी महानिरीक्षक र त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुखले आवश्यकता अनुसार अवस्था नियन्त्रणमा लिन फायर खोल्नू भन्ने आदेश दिएको मैले सुनेको थिएँ ।” उनले भदौ २४ गते बिहान साढे ७ बजेपछि आफूलाई लक्षित गरी सामाजिक सञ्जालमा आक्रोश पोखिँदै आफ्नो मृत्यु भएको अफवाह फैलाइएको बताएका छन् ।
“गृह मन्त्रालयमा छलफलका क्रममा सिंहदरबारमै सुरक्षित छैन भन्ने सूचना पाएपछि करिब १ः४५ बजेतिर म नेपाली सेनाको नरसिंहदल गणमा गई बसेँ ।”