सम्झौता नभए इरानलाई पूर्णरुपमा समाप्त पार्ने ट्रम्पको धम्की


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २४ २०८२
1.6K
SHARES

२४ चैत काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए ‘पूरै देश नै समाप्त पार्ने’ चेतावनी दिएका छन् ।सीएनएनका अनुसार, ट्रम्पले पत्रकार सम्मेलनमा यस्तो अभिव्यक्ति दिँदै इरानमाथि सैन्य कारबाहीको सम्भावनालाई पुनः जोड दिएका हुन् ।ट्रम्पले इरानका सबै पुल, भौतिक पूर्वाधार र ऊर्जा संरचना ध्वस्त पार्न सकिने चेतावनी दोहोर्याउँदै अमेरिका कुनै पनि विकल्प प्रयोग गर्न तयार रहेको बताएका छन् ।

उनले भोलिसम्म सम्झौता नभए इरान ध्वस्त पार्ने बताए । उनले इरानलाई लक्षित गर्दै ‘दि भोलिसम्म सम्झौता भएन भने परिणाम अत्यन्त गम्भीर हुनेछ’ भन्दै समयसीमा समेत तोकेका छन् । अहिलेसम्म इरानले ट्रम्पको पछिल्लो चेतावनीबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।