मन्त्रीले गरे ७८७ तोला सुनको स्वघोषणा


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २९ २०८२
2.1K
SHARES

२९ चैत काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरू सुनचाँदीका धनी देखिएका छन् । आज सार्वजनिक गरिएको विवरण अनुसार प्रधानमन्त्री शाहले पत्नी सविनाको पैतृक सम्पत्तिका रूपमा सुनचाँदी १८० तोला देखाएका छन् ।

मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरूको साथमा ७८७ तोला सुन मौज्दात छ ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीको साथमा १८० तोला सुन रहेको छ । जुन उनले रुसमा व्यापार गर्ने क्रममा आर्जन गरेको उल्लेख गरेकी छिन् ।

गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन हुँदा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव ८० तोला सुन रहेको विवरणमा उल्लेख छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको विवरणमा उल्लेख छ । त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहेतासंग ३०–३० तोला सुन रहेको पाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग २५–२५ तोला सुन मौज्दात रहेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग पनि १८ तोला सुन रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री विराज भक्त श्रेष्ठ १५ तोला सुन हुँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग पनि १५ तोला सुन रहेको देखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग ११ तोला सुन रहेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनासंग करिब सात तोला सुन रहेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग ५ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

कोसँग कति छ सुन ?

प्रधानमन्त्री बालेन शाह– १९० तोला
उद्योगमन्त्री गौरी कुमारी– १८० तोला
गृहमन्त्री सुधन गुरुङ– ८९ तोला
श्रममन्त्री रामजी यादव– ८० तोला
अर्थमन्त्री स्वर्णिम वाग्ले– ४५ तोला
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल– ३०
स्वास्थ्यमन्त्री निशा मेहेता– ३० तोला
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल– २५ तोला
शिक्षामन्त्री सस्मित पोखरेल– २५ तोला
परराष्ट्रमन्त्री शिशिर खनाल– २२ तोला
महिला बालबालिकामन्त्री सीता वादी– १८ तोला
उर्जामन्त्री विराजभक्त श्रेष्ठ– १५ तोला
कानुनमन्त्री सोविता गौतम– १५ तोला
पर्यटनमन्त्री खडकराज पौडेल– ११ तोला
सञ्चारमन्त्री विक्रम तिमिल्सिना– करिब ७ तोला
कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी– ५ तोला