रास्वपा कार्यालयमा सुरक्षा व्यवस्था कडा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ११ २०८३
2.2K
SHARES

११ बैशाख काठमाडौं । काठमाडौंका सुकुम्वासीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय घेराउको तयारी गरेसँगै त्यहाँ प्रहरी परिचालन गरिएको छ । थापाथलीलगायत स्थानका सुकुम्वासी प्रदर्शनका निम्ति शुक्रबार (वैशाख ११) दिउँसो वनस्थलीस्थित रास्वपा कार्यालय जाने सूचना पाएपछि प्रहरी परिचालन गरिएको हो ।

रास्वपा कार्यालयको सुरक्षार्थ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सरकारले उपयुक्त विकल्पबिना आफूहरूलाई हटाउन लागेको भन्दै सुकुम्वासी विरोध प्रदर्शनमा उत्रिएका छन् ।