संसद् छलेर अध्यादेश ल्याउनु रहस्यमयी – संसदीय दलका नेता थापा


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १६ २०८३
2.8K
SHARES

१६ बैशाख काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकारले संसद् छलेर अध्यादेश ल्याउनु रहस्यमयी भएको बताएका छन् ।विपक्षी दलको बैठकपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “यो रहस्यमय छ, यसमा हामी पनि स्पष्ट छैनौँ । सदनलाई छलेर सरकारले अध्यादेश ल्याउन सिफारिस गरेको छ ।”

राष्ट्रपतिलाई अध्यादेश तत्काल फिर्ता गर्न उनले आग्रह गरे । “विगतका सरकारले सदन नबसेको अवस्थामा अध्यादेश सिफारिस गर्न पाउँथ्यो । त्यो ऐनले व्यवस्था गरेको छ,” उनले भने, “तर, यो त त्यो भन्दा नितान्त भिन्न मात्र हैन, उल्टो छ । सदनलाई स्थगित गरेर यो अध्यादेश जारी गरिएको छ ।”

सदनको मुख्य भूमिका ऐन निर्माण गर्ने भएको उनले स्मरण गराए । “सदनले ऐन कानुन बनाउने हो । सरकारले त ऐन कानुनहरूलाई कार्यान्वयन गर्ने हो । त्यसकारण त्यो कार्यपालिका हो,” उनले भने, “व्यवस्थापिकाको अधिकार क्षेत्रलाई मिचेर सरकार आफैँले ऐन बनाउने कदम अलोकतान्त्रिक र असंवैधानिक छ ।”