नेकपाको निर्णय : सबै कमिटीमा निर्वाचन, ५० प्रतिशत युवा अनिवार्य


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख १९ २०८३
2.4K
SHARES

१९ वैशाख काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यसंयोजक समिति बैठकको निर्णय सार्वजनिक गरेको छ। प्रवक्ता प्रकाश ज्वालाले आज विज्ञप्ति जारी गर्दै बैठकको ७ बुँदे निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले पार्टीको एकता प्रक्रिया टुङ्ग्याउनेदेखि महाधिवेशनको मिति तोकेको जानकारी गराएका छन्। पार्टीको वडादेखि केन्द्रसम्मका सबै कमिटीहरू निर्वाचित हुने बैठकले निर्णय गरेको उनले बताए।

पार्टी कमिटी समानुपातिक समावेशी मान्यताअनुसार कमिटी निर्माण गर्ने, निर्वाचित कमिटीमा अनुभवी, पौढ र युवाहरूको समावेशिता रहने र हरेक कमिटीमा ५० प्रतिशत युवाको प्रतिनिधित्व हुने निर्णय गरेको छ।

पार्टी पुनर्गठन प्रक्रियासँगै सिङ्गो कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्न पहल गर्ने, पार्टी सिङ्गो पङ्क्तिलाई नियमित रूपमा उत्पादन तथा श्रम कार्यमा जोड्ने अभियान सञ्चालन गर्ने निर्णय पनि भएको उनले बताए।