अमेरिकाले भन्यो– ६ इरानी डुंगा ध्वस्त पारियो


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २२ २०८३
1.5K
SHARES

२२ वैशाख काठमाडौं । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का प्रमुखले ६ इरानी साना डुंगा ध्वस्त पारिएको बताएका छन् । इरानले अमेरिकी युद्धपोतमाथि गोली प्रहार गरेको जवाफमा यो कारबाही गरिएको उनको भनाइ छ ।

सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले सोमबार इरानले होर्मुज जलमार्गमा अमेरिकी व्यावसायिक तथा सैन्य जहाजलक्षित क्रुज मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण सुरु गरेको बताएका हुन् । कुपरले पत्रकारसँग भने, “हस्तक्षेप गर्न खोज्ने ६ इरानी साना डुंगालाई अमेरिकाले नष्ट गरेको छ ।”

उनले इरानी जहाजलाई उक्त क्षेत्रमा रहेका अमेरिकी सैन्य सम्पत्तिबाट टाढा रहन चेतावनी समेत दिए । तर, इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले कुपरको यो दाबी अस्वीकार गरेको छ । इरानले सोमबार आफ्ना कुनै पनि ‘फास्ट बोट’ नष्ट नभएको जनाएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार, ओमानको खाडीस्थित होर्मुज जलमार्गनजिक पुगेको एउटा अमेरिकी युद्धपोततर्फ चेतावनीस्वरूप क्षेप्यास्त्र र ड्रोन प्रहार गरिएको थियो । सेन्टकमका अनुसार, सोमबार अमेरिकी झन्डावाहक दुई व्यावसायिक जहाजले ‘प्रोजेक्ट फ्रिडम’अन्तर्गत उक्त जलमार्ग पार गरेका छन् ।