सुनको भाउमा भारी वृद्धि


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १ २०८३
1K
SHARES

१ असार काठमाडौं । आज असार १ गते नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ५ हजार रुपैयाँले बढेको छ । योसँगै आज सुन प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९३ हजार २ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।