गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २ २०८३
1.1K
SHARES

२ असार पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ३२ अर्ब ९९ सय करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब २ करोड बढी हो । चालु आवमा सरकारले ३१ अर्ब ९७ करोड ९९ लाखको बजेट ल्याएको थियो । सोमबार प्रदेशसभामा गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले प्रदेश सरकारको आय-व्ययको (अनुमान) विवरण प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।

बजेटमा चालुतर्फ १२ अर्ब ७२ करोड २६ लाख अर्थात् ३८.५६ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख अर्थात् ६०.६८ प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड छुट्याइएको छ ।

खर्चको स्रोतमा आर्थिक मामिलामन्त्री शेरचनले नेपाल सरकार वित्तीय समानीकरणबाट ७ अर्ब ४ करोड ८२ लाख, राजश्व बाँडफाँट १० अर्ब १६ करोड ४७ लाख, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४ लाख, ससर्त अनुदान ३ अर्ब ९३ करोड, समपूरक अनुदान ५५ करोड ४६ लाख, विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरे ।

आन्तरिक स्रोत परिचालनबाट ५ अर्ब ४ करोड १ लाख अनि चालु आर्थिक वर्षबाट २ अर्ब मौज्दात भएको बताएका छन् । उनले अपुग १ अर्ब ७५ आन्तरिक ऋणबाट पूर्ति गर्ने घोषणा पनि गरेका छन् ।