आज पनि घट्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असार ४ २०८३
874
SHARES
४ असार काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेको हो। यससँगै आज सुन प्रतितोला सुन २ लाख ९७ हजार २ सय रुपैयाँ कायम छ। हिजो प्रतितोला सुन २ लाख ९७ हजार ३ रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट