आज सुन चाँदीको भाउमा भारी गिरावट
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार ५ २०८३
893
SHARES
५ असार काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा १० हजार ५ सय रुपैयाँले घटेको हो। यससँगै आज सुन प्रतितोला सुन २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम छ। हिजो प्रतितोला सुन २ लाख ९७ हजार २ रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा ३०५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट