कामना सेवा विकास बैंकद्वारा श्री दुर्गा माध्यमिक विद्यालयलाई सहयोग


Capital Headline
प्रकाशित मिति : बुधबार, असार १० २०८३
950
SHARES

१० असार काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय बिर्तामोडमार्फत बिर्तामोड नगरपालिका–९, झापा, स्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ । बैंकका कोसी प्रदेश प्रमुख खिमलाल भुसालले दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ ।

विद्यालयको दृष्टिविहीन छात्रावासका लागि आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । कुलरले गर्र्मी मौसममा छात्रावासभित्रको तापक्रमलाई सहज बनाई दृष्टिविहीन विद्यार्थीहरूलाई आरामदायी वातावरणमा बस्न तथा अध्ययन गर्न सहयोग पुर्‍याउनेछ । ब्रेल पेपर दृष्टिविहीन विद्यार्थीको पठनपाठनका लागि अत्यावश्यक शैक्षिक सामग्री भएकाले यसले विद्यार्थीको सिकाइ प्रक्रियालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।