अध्यक्ष प्रचण्डसँग सातै प्रदेशका प्रमुखहरुको भेटवार्ता


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६
4.2K
SHARES

३ चैत्र काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार सातै प्रदेशका प्रदेश प्रमुखहरुले भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयहरुमा कुराकानी भएको थियो । सो अवसरमा अध्यक्ष प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरुका बारेमा पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताएका छन् ।