वैशाख ३१ सम्म सीमामा आवागमन रोक्ने निर्णय


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १५ २०७७
4.6K
SHARES

१५ बैशाख काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द नै राख्ने निर्णय गरेको छ । बाह्य जगतबाट कोरोनाको जोखिम अझै रहेकाले सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन् ।

इपिएस अन्तरर्गत कोरिया जाने श्रमिकहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजाने अनुमति दिने निर्णय पनि बैठकले गरेको छ ।सरकारले जारी लक डाउनको समय १० दिन थप गर्ने निर्णय पनि गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लक डाउनको समय १० दिन थप गर्दै वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । पछिल्लो पटक थप भएको समय वैशाख १५ गते सोमबार सकिँदै थियो ।