गोरखा गण्डकी स्वास्थ्य क्लिनीकद्वारा पत्रकारलाई प्रेस ज्याकेट हस्तान्तरण


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १६ २०७७
9.1K
SHARES

१६ बैशाख काठमाडौँ । गोरखा गण्डकी स्वास्थ्य क्लिनीकका प्रबन्धक एवम् गोरखा मनाशलु मेडिकल हलका संचालक रेशम श्रेष्ठले पत्रकारलाई प्रेस ज्याकेट हस्तान्तरण गरेका छन् ।सोमवार प्रेस संगठन नेपाल काठमाडौँका संयोजक सागर पन्तलाई श्रेष्ठले ५० सेट प्रेस ज्याकेट हस्तान्तरण गरेका हुन् ।

देश लकडाउन भएको बेला पत्रकारहरु रिपोटिङ गर्न सजिलो होस् भनेर प्रेस ज्याकेट हस्तान्तरण गरेको प्रबन्धक श्रेष्ठले जानकारी दिए ।सो अवसरमा प्रेस संगठन नेपाल काठमाडौँका कार्यसमिति सदस्यहरु मिन बहादुर चलाउने, सुमन अधिकारी र जीपी पौडेलको उपस्थिती रहेको थियो ।सधै फिल्डमा खटिने पत्रकारको आवश्यकतालाई ध्यानमा राखेर प्रेस संगठन काठमाडौंले सुरक्षा सामग्रीसहित प्रेस ज्याकेट वितरण गर्दै आएको संयोजक पन्तले जानकारी दिए ।